११ माघ २०८१, शुक्रबार

पूर्व सहायकमन्त्री सुवेदीको निधनप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  2 February, 2022 11:28 am


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पाका राजनीतिज्ञ एवं पूर्व सहायकमन्त्री रेगबहादुर सुवेदीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शोक वक्तब्य जारी गर्दै मुख्यमन्त्री केसीले रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका वडा नं. ७ गजुल दलंगा निवासी पूर्व सहायक मन्त्री एवं रोल्पा जिल्लाका राजनीतिज्ञ एवं शिक्षापे्रमी रेगबहादुर सुवेदीको हिजो भएको निधनले आफू र प्रदेश सरकारलाई दुःखित एवं मर्माहत बनाएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री केसीले भनेका छन्,“रोल्पा जिल्लाको शैक्षिक एवं राजनीतिक क्षेत्रमा स्वर्गीय सुवेदीले गर्नुभएको योगदानको सम्मान गर्दै उहाँको दुखद निधनको क्षणमा शोकलाई शक्तिमा बढल्नका लागि उच्च मनोवल प्रदान हुनेछ भन्ने कुरामा विश्वास गर्दै स्वर्गिय सहायक मन्त्री रेगबहादुर सुवेदीप्रति प्रदेश सरकारको तर्फबाट चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा शोकसनतप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

सुवेदीको हिजो आफ्नै निवास गजुलमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !