१२ कार्तिक २०८१, सोमबार

प्रतितोला ३००ले बढ्यो सुन

प्रकाशित मिति :  2 February, 2022 11:41 am


काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार २०० रहेको छ । हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९००मा कारोबार भएकाे थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तोलाको १२४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !