६ आश्विन २०८१, आइतबार

कोभिशिल्ड बनाउने कम्पनी विरूद्ध १० अर्ब भारु क्षतिपूर्ति दिन मुद्दा दायर

प्रकाशित मिति :  2 February, 2022 5:32 pm


काठमाडौं ।भारतको कोरोना खोप बनाउने कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डिया विरूद्ध १० अर्ब भारु( १००० करोड) बराबरको क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरिएको छ । एक मेडिकल प्रोफेसरका पिताले मुम्बई हाइकोर्टमा दायर गरिएको सो माग दाबी सहितको उजुरी दायर गरेका हुन् ।

सो उजुरीमा कोरोना खोपको साइड इफेक्टका कारण मृत्यु भएको दाबी गरिएको छ ।

कोभिशिल्ड खोप बनाउने कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डिया, उसको सहयोग अर्बपति बिल गेट्स, केन्द्र सरकार र राज्य सरकारका अधिकारीहरूलाई प्रतिपक्षी बनाइ यो मुद्दा दायर गरिएको छ ।

वादी दिलीप लूनावतले जनाए अनुसार उनकी ३३ वर्षीय छोरी स्नेहल लूनावत नागपुरस्थित एक मेडिकल कलेजमा बरिष्ठ लेक्चरर थिइन् । कोभिशिल्डको पहिलो खोप छोरी लूनावतले २८ जनवरी २०२१मा नासिकमा लिएकी थिइन् । ५ फेब्रुअरीमा टाउको धेरै दुख्यो । डाक्टरले उनलाई माइग्रेनको औषधि दियो । यसबाट उनलाई केही सजिलो अनुभव भयो । ५ फेब्रुअरीका दिने गुड़गांवको यात्रा गरिन् । ७ फेब्रुअरी बिहान २ बजे थकान महसुस भयो र वान्ता गरिन् ।

नजिकको आर्यन अस्पतालमा भर्ना गरियो ।स्नेहललाई उनको मगजमा ब्लिडिङ् भएको भनियो र रगत जमेर ब्रेन ह्यारेज भयो । उनको स्थितिमा कुनै सुधार भएन् । १२ भेण्टिलेटरमा रहेर उनको १ मार्च २०२१मा मृत्यु भयो ।

छोरी स्वास्थ्यकर्मी भएकोले उनलाई खोप लिन बाध्य पारियो । ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया र अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सले खोपको सुरक्षासम्बन्धी गलत जानकारी दिएको पिताको लूनावतको भनाइ छ ।

सिरम इन्स्टिच्युटले खोपकोको कुनै दुष्प्रभाव नभएको भन्नु गलत भएको वादी दाबी छ ।

केन्द्र सरकारको आफ्टर इफेक्ट्स फलोइङ इम्युनाइजेसन कमिटिले २ अक्टोबर २०२१मा स्नेहलको मृत्यु खोपको साइडइफेक्टबाट भएको स्वीकार गरेको दैनिक भाष्कर भारतीय अनलाइनमा उल्लेख गरिएको छ ।

पिता लूनावताले राज्यकोे जिम्मेवार अधिकारीहरू र कोभिशिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट पुणेबाट क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । साथै स्नेहललाई सहिद घोषणा गरी स्नेहलप्रति समर्पित एक शोध प्रतिष्ठान खोल्नुपर्ने माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !