स्थानीय तहको निर्वाचन तयारीमा लाग्न पार्टी पंक्तिलाई एमालेको निर्देशन
प्रकाशित मिति : 2 February, 2022 6:09 pm
काठमाडौं । नेकपा एमालेले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेश स्तरमा अगुवा कार्यकर्ता भेला अयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरु तोकिएकै मितिमा गर्ने निर्णय गरकोे छ ।
प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरु निर्वाचन अघि नै गर्ने निर्णय भएको नेकपा एमालेले जनाएको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरु मनोनयन गरको छ ।