१२ कार्तिक २०८१, सोमबार

यी प्रदेशमा मेघ गर्जन र चट्याङ सहित बर्षाको सम्भावना

प्रकाशित मिति :  3 February, 2022 8:36 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा बुधबार राति देखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहिबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरी आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !