स्याङ्जाको भीरकोट नगरपालिकामा एक हप्ते च्याउ उत्पादन तालिम सुरु
प्रकाशित मिति : 3 February, 2022 11:32 am
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा एक हप्ते च्याउ उत्पादन तालिम सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रथमिकतालाई दिने र रोजगार सिर्जना गर्ने उद्देश्यले तालिम सुरु गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाको आयोजना र नगरपालिकाको समन्वयमा तालिमको आयोजना सञ्चालन गरिएको हो । माघ २५ गतेसम्म सञ्चालन हुने तालिममा २० जना कृषहकरूको सहभागिता छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले बजार व्यवस्थापन र आर्थिक तथा प्राविधिक सहयोगका लागि नगरपालिका सदैव कृषकहरूको साथमा रहेको बताए ।
उनले भने,“ढुक्क भएर सके जति उत्पादन गर्नुस् । बिक्री वितरणका लागि कुनै चिन्ता लिनुपर्दैन।”