१२ कार्तिक २०८१, सोमबार

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  3 February, 2022 12:17 pm


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ १८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !