बफेली हाइड्रोपावरले माघ २७ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । बफेली हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यहि माघ २७ गते बिहीबारदेखि आयोजना प्रभावित बासिन्दाहरुका लागि साधारण सेयर आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रशितशतले हुने प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य दरकोे १८ लाख २७ हजार ९७० कित्ता सेयरमा स्थानीयबासीले आवेदन दिन पाउँनेछन् ।
उक्त आइपीओमा जिल्लाको बाम्पोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता सेयर निष्कासन गरिनेछ ।
साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ट्ट्ट्याइएको सेयर सम्पूर्ण बिकी नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुमा समेत) मा निष्कासन गरिनेछ ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट कार्यालयबाट आवेदन दिन सक्नेछन्।