नेपालगन्जको भेरी अस्पतालमा दुई कारोना संक्रमितको मृत्यु
प्रकाशित मिति : 3 February, 2022 2:09 pm
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका –३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।
८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १ः५० बजे मृत्यु भएको थियो ।
त्यस्तै ८६ वर्षीय पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए ।