स्थगित लोकसेवा आयोगको परीक्षा फागुन ६ गतेदेखि संचालन हुने
प्रकाशित मिति : 3 February, 2022 2:48 pm
काठमाडौं । लोकसेवा आयोगको स्थगित भएको परीक्षा पुनः संचालन हुने भएको छ । कोरोना भाइरसका कारण स्थगित भएको उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने लोक सेवा आयोगले जनाएको छ ।
परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।
आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।