१२ मंसिर २०८१, बुधबार

दुवईबाट लुकाएर ल्याएको १ किलो १ सय ५५ ग्राम अवैध सुनसहित तीन जना पक्राउ

प्रकाशित मिति :  3 February, 2022 4:39 pm


काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ५५ ग्राम अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

विमानस्थल प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई(बाट आएका गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाबाट यत्ति परिणाममा सुन बरामद गरेको हो।

उनीहरूका साथबाट ४ वटा आइफोन पनि बरामद भएको थियो। ती सुन र आइफोनको मूल्य करिब १ करोड नेपाली रुपैयाँ पर्छ। शेर्पाले मलद्वारमा लुकाएर १ किलो १ सय ५५ ग्राम सुन ल्याएका थिए। उनीहरुका साथबाट बेरुवा औँठी र सिक्री पनि बरामद भएको थियो।

विमानस्थल उत्रिएका सिन्धुपाल्चोकका शेर्पाले अर्ध ठोस बनाएर सुनलाई मलद्वारमा लुकाएर ल्याएको दाबी प्रहरीले गरेको हो । हिँडाइ असहज देखेपछि प्रहरीले आशंका गरेर शेर्पाको पिछा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !