१२ कार्तिक २०८१, सोमबार

विभिन्न ४ प्राविधिक कम्पनी विरुद्ध रू.३६ करोड सजायको माग दाबीसहित मुद्दा दायर

प्रकाशित मिति :  4 February, 2022 2:31 pm


काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलीको अभियोगमा विभिन्न ४ प्राविधिक कम्पनी विरुद्ध ३६ करोड रुपैयाँ सजायको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

आयोगले काठमाडौं महानगरपालिका–७, चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रा.लि. का सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाण्डौ महानगरपलिका १० बस्ने स्टार ईण्डिया प्रा.लि. भारतका आधिकारीक बिक्रेता जुपिटर मिडिया प्रा.लि., भारतका प्रोप्राईटर अञ्जली अरोरा, ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रा.लि. का व्यवस्थापक सुरेन्द्र क्षेत्री र ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रा.लि. का व्यवस्थापक सुमन क्षेत्री विरूद्ध आयोगले मुद्दा दायर गरेको हो ।

उनीहरू विरुद्ध आयोगले मूल्य अभिबृद्धि कर रकम रु.६,११,५५,५१८।-, लाभांस कर समेत आयकरतर्फ रकम रु. १२,१६,२८,२३७।- कर छली गरेको विभागको दाबी छ ।

आयोगले विगो र सजाय हुने रकमसहित ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको  हो ।

 



प्रतिक्रिया दिनुहोस !