१२ कार्तिक २०८१, सोमबार

जाल्पा लघुवित्तको आईपीओमा पहिलो दिनमै १५ गुणा बढी आवेदन

प्रकाशित मिति :  5 February, 2022 10:46 am


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमा नै करिब १५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार बेलुकासम्ममा ५ लाख ८१ हजार ४९८ जना आवेदकबाट ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको ७२ लाख ६५ हजार ४६० कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको १४.८९ गुणाले बढी हो । लघुवित्तको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले माघ २५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन इच्छुकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। लघुवित्तको हाल चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १६ करोड पुग्नेछ।

 



प्रतिक्रिया दिनुहोस !