६ आश्विन २०८१, आइतबार

भारतकी चर्चित गायिका लता मंगेशकरको निधन

प्रकाशित मिति :  6 February, 2022 11:33 am


काठमाडौं । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ ।

उनको ९२ वर्षको उमेरमा आज निधन भएको हो । जनवरीको सुरुमै कोरोना संक्रमित भएपछि मुम्बईको एक अस्पतालमा उपचारका लागि मंगेशकरलाई भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि उनको लामो समयदेखि आइसीयूमा उपचार भइरहेको थियो । स्थानीय समय अनुसार आज बिहान ८ बजेर १२ मिनेटमा उनको निधन भएको उनको उपचार भइरहेको मुम्बईको ब्रिच क्यान्टी अस्पतालले जनाएको छ ।

अस्पतालका डाक्टर प्रतित समदानीले लता मंगेशकरको निधनको जानकारी गराएका छन् । उनलाई भारती संगीत उद्योगमा ‘स्वर साम्राज्ञी’को रुपमा चिनिन्छ । उनले ३६ भारतीय भाषामा झण्डै ३० हजार गीत गाएकी छन् । १९२९ को सेप्टेम्बर २८ मा उनको जन्म भएको थियो ।



प्रतिक्रिया दिनुहोस !