१२ कार्तिक २०८१, सोमबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

प्रकाशित मिति :  6 February, 2022 12:35 pm


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/ ७७ को संचित मुनाफाबाट आफ्ना सेयर धनीलाई १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ २१ गते शुत्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !