१२ कार्तिक २०८१, सोमबार

उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा फरक ब्याजदर प्रणाली लागू गर्न सुझाव

प्रकाशित मिति :  6 February, 2022 3:29 pm


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा दुई थरिको ब्याजदर प्रणाली लागू गर्न सुझाव दिएको छ ।

तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै परिसंघले अनुत्पादक क्षेत्रमा ह्वात्तै कर्जा बढेपछि तरलता व्यवस्थापनमा चाप परेको भन्दै दुई थरिको ब्याजदर प्रणाली लागू गर्न सुझाव दिएको हो ।

परिसंघले उद्योग र व्यापारिक फर्मलाई प्रवाह हुने कर्जामध्ये उद्योग लगायतलाई प्रवाह हुने कर्जालाई तुलनात्मकरुपमा कम व्याजदरको व्यवस्था गरी प्रकाशित गर्न सुझाव दिएको छ ।

आयातमा थप कडाई गर्नुपर्ने सुझाव राख्दै परिसंघले आयातमा थप कडाई गरी सम्पूर्ण प्रतितपत्रबाट आयातित वस्तुमा १००% प्रतिशत नगद मार्जिन गर्दा केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने र यसले स्वदेशी वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन मिल्ने भनेको छ ।

विद्युतीय सवारी साधन, चुल्हो आदि प्रयोग गर्न प्रोत्साहित गर्ने जसले गर्दा पेट्रोलियम उत्पादनको आयातमा विदेशिने ठूलो रकम स्वदेशमै रही तरलता सहज हुने परिसंघको सुझाव छ ।

स्वदेशमै आत्मनिर्भर भइसकेका वा आत्मनिर्भरउन्मूख कृषिलगायतका अन्य वस्तु आयातमा कर बढाउने र आयात प्रतिस्थापन कर लगाउनुपर्ने भन्दै परिसंघले आत्मनिर्भर भएका वा हुने सक्ने संभावना देखिएका वस्तु तथा उत्पादनको आयातमा आवश्यकता हेरी पूर्ण वा आंशिकरुपमा बन्देज लगाउन पनि सुझाव दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !