१२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति :  6 February, 2022 4:39 pm


काठमाडौं । सत्तारुढ पक्ष र प्रमुख प्रतिपक्षबीच बालुवाटारमा भेटवार्ता चलेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच बालुवाटार भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार पुगेका हुन्। तीन नेताबीच अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने सचिवालयले जनाएको हो ।

एमसीसीलाई राष्ट्रिय सहमति जुटाएर अनुमोदन गर्ने देउवा र प्रचण्डको प्रतिवद्धता पत्र सार्वजनिक भएपछि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !