१० मंसिर २०८१, सोमबार

काठमाडौं महानगरभित्र आजदेखि फाइजर खोपको दोस्रो मात्रा

प्रकाशित मिति :  7 February, 2022 10:48 am


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइँदै छ ।

फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने छ ।

सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछन् । ललितपुर महानगरपालिकाले पनि माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सन्चालन गर्ने भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !