१२ कार्तिक २०८१, सोमबार

जाल्पा लघुवित्तको आईपीओमा आवेदन दिनका लागि आज अन्तिम दिन

प्रकाशित मिति :  8 February, 2022 1:42 pm


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि निष्काश गरेको आईपीओमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेको छ । लघुवित्तले माघ २१ गतेदेखि २५ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ आवेदन खूल्ला गरेको थियो ।

कम्पनीले निष्कासन गरेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको थियो। बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयरका लागि सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासनमा ल्याएको थियो जसमा १ दिनमै १५ गुणा बढी आवेदन परेको थियो ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्तापूँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ।

 



प्रतिक्रिया दिनुहोस !