१३ माघ २०८१, आइतबार

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

प्रकाशित मिति :  8 February, 2022 2:06 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य विज्ञप्तिमा भएको उल्लेख गरेका छन् ।

थापाले विज्ञप्तिमा भनेका छन् “अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ” ।

पार्टीमा रहदाँ कुनै साथीहरूसँग आफ्नो दुस्मनी नरहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

 

 



प्रतिक्रिया दिनुहोस !