विप्लव नेतृत्वको नेकपासहितका दलले संसद भवन घेराउ गर्दै
काठमाडौं । एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ६ दल र दुई मोर्चाले आज संसद भवन घेराउ गर्ने भएका छन् ।
काठमाडौंमा संसद भवनसहित देशैभर जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्न लागिएको हो । प्रर्दशन गर्ने दल र मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल,नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी,देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् ।
बर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रयास गरेको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएकाले विरोध प्रर्दशन गर्न लागिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।