१२ कार्तिक २०८१, सोमबार

आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

प्रकाशित मिति :  9 February, 2022 11:52 am


काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !