१२ कार्तिक २०८१, सोमबार

इलामको फाल्गुनन्द सुलिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल

प्रकाशित मिति :  9 February, 2022 2:14 pm


काठमाडौं । नेपाल वायुसेवा निगमले बुधबार इलामको फाल्गुनन्द सुलिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल गरेको छ ।

ट्विन अट्टर विमान (एन एबिटी) ले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट विहान ९ः०५ मिनेटमा उडेर इलामको फाल्गुनन्द सुलिलुम्बा विमानस्थलमा विहान १०ः०२ मा अवतरण गरेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निर्देशन दिए पछि परिक्षण उडान भएको थियो ।

परीक्षण उडानको प्रतिवेदन (टेस्ट फलाइट ल्याडिङ रिर्पोट) तयार भएपछि सुरक्षाको सिफारिस अवलम्बन गर्ने गरी नियमित उडान संचालनको तयारी प्रकृया अघि बढाउने निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !