१३ माघ २०८१, आइतबार

स्याङ्जा भिरकोट नगरपालिकामा नेकपा एमालेबाट मेयरका लागि ७ जना अकांक्षी

प्रकाशित मिति :  9 February, 2022 2:43 pm


रवि थापा । 

काठमाडौं । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै स्थानीय तहमा चुनावको चर्चा र उमेद्वारीको दाबी सुरु भएको छ ।

भिरकोट नगरपालिकामा पनि विभिन्न पार्टीबाट मेयरका लागि उमेद्वार बन्ने अकांक्षी नेताहरू सक्रिय हुन थालेका छन् । भिरकोट नगरपालिकामा नेकपा एमालेबाट मेयरको उमेद्वारका लागि ७ जना नेता अकांक्षी देखिएका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उमेद्वार बनेका सन्तोष केसीले पुनः यसपटक उमेद्धारी दिने बताएका छन् । उनले भने,“आउँदो चुनावमा भिरकोटको मेयरको उमेद्वारमा मेरो दाबी छ र यसपटकको निर्वाचनमा पक्कै जित हाँसिल गरेर जनताले खोजेको विकास नगरमा ल्याउने छु ।”

नेकपा एमालेका भिरकोट पार्टी अध्यक्ष समेत रहेका विश्वनाथ अर्यालले पनि मेयरका लागि दाबी गरेका छन् । उनले लुम्बिनी सञ्चारसँग कुरा गर्दै उनले आफू पद र कुर्सीको लागि मरिहत्ते नगर्ने र यदि पार्टीले जिम्मेवारी दिए पछि नहट्ने बताए ।

एमालेबाटै मेयरको उमेद्वारका आकांक्षी हुन् राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य समेत रहेका हर्क बहादुर गुरुङ । उनले भने,“युवा उमेरदेखि राजनिति गर्दै आएको छु । मलाई लाग्छ यसपटक पार्टीले पनि मलाई नै छान्छ ।”

डोलराज ढुङ्गाना पनि भिरकोट नगरपालिकाका लागि अर्का दाबेदार हुन् ।

आफू छाँयाक्षेत्र गाउँ कमिटीका सचिव भएर काम गरेको र दहथुम माविमा पढाउदा समेत कमिटी गठनदेखि पार्टीको काममा सक्रिय भएर लागेकाले यस पटक उमेद्वारका लागि आफू तयार रहेको बताए । उनले भने,“पार्टीको लागि भनेर जीवनभर लागि परेको र अब जनताको लागि केही गर्ने बेला आएको र यसपालिको निर्वाचनमा म उमेद्वार बन्छु ।”

भिरकोट नगरपालिका वडा नं ४ का अध्यक्ष समेत रहेका चन्द्र बहादर बस्नेतले यसपटक मेयरको उमेद्धार बन्नका लागि कसरत सुरु गरेका छन् । उनले लुम्बिनी सञ्चारसँग भने,“ आजसम्म वडा अध्यक्ष भएर जनताको सेवा गरे अब पनि जनताको सेवा गर्ने इच्छा छ र पार्टीले जिम्मेवारी दिनेमा विश्वस्त छु ।”

वडा नं २ का अध्यक्ष कमल त्रिपाठीले पनि यसपटक मेयरको उमेद्वार बन्ने इच्छा देखाएका छन् । उनले कुरा गर्दै भने,“यसपटक भीरकोटका जनताले नेकपा एमालेलाई जिताउने छन् र त्यसमाथि मलाई पनि पार्टीले विश्वसा गरेर जिम्मेवारी दिने छ ।”

नेकपा एमाले स्याङ्जा जिल्ला कमिटी इन्द्र जंग अधिकारीले मेयर उमेद्वार बन्न आन्तरिक छलफल थालेका छन् । उनले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने, “युवा उमेरबाट नै कम्युनिष्ट आन्दोलनदेखि हरेक क्रियाकलपमा सक्रियता दिदै आइयो,अब त जनतालाई सेवा गर्ने बेला आइसकेको छ, यसपालि मेयरको उमेद्वार बन्न लाग्ने हो ।”

अहिलेसम्म भिरकोट नगरपालिकामा नेकपा एमालेबाट ७ जना आकांक्षी देखिएपनि हर्कबहादुर, विश्व र सन्तोषबीच मेयरको टिकटका लागि आन्तरिक कसरत चल्ने नेकपा एमाले स्याङ्जा भित्र चर्चा छ ।

र,याे पनी…

चुनाव चर्चा : स्याङ्जा भिरकोट नगरपालिकामा मेयरका लागि कांग्रेसबाट मात्रै ६ जनाको दाबी



प्रतिक्रिया दिनुहोस !