१२ कार्तिक २०८१, सोमबार

महालक्ष्मी इन्स्याेरेन्स तेस्रो वर्षमा, तीन वर्षमा ३ अर्ब प्रिमियम

प्रकाशित मिति :  10 February, 2022 1:00 pm


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्याेरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले बिहीबार (आज) आफ्नाे तेस्रो वार्षिकोत्सव मनाउँदैछ ।

कम्पनीले ३ वर्षको अवधिमा कुल ३ अर्ब १ करोड प्रिमियम प्राप्त गरको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५२.६६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

गत आवमा एक अर्ब १३ करोड ८१ लाख आठ हजार ६५० रुपैयाँ संचिती गरेको कम्पनीले गत पुस मसान्तसम्म एक अर्ब ७३ करोड ७४ लाख ७३ हजार ३८८ रुपैयाँ जीवन बिमा कोषमा जम्मा गर्न सफल भएको हो ।

कम्पनीको खुद नाफा २.१७ प्रतिशतले बृद्धि भई पाँच करोड ३० लाख ८९ हजार २२६ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा जम्मा पाँच करोड १९ लाख ६१ हजार ६८१ रुपैयाँ थियो ।कम्पनीले लघु बिमालाई प्राथमिकता दिँदै प्रत्येक घरमा एउटा बीमा कार्यक्रम ल्याएको छ ।

कम्पनीको कुल लगानी ३ अर्ब ९ करोड रुपैँया रहेको थियो । महालक्ष्मी जीवन बिमाको ६३ ओटा शाखा र उपशाखामा २२ हजार ७१७ अभिकर्ता रहेका छन् भने ४०.५२ प्रतिशतसम्म बोनस वितरण गरेको कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !