१२ कार्तिक २०८१, सोमबार

सुनको मूल्य उकालो लाग्यो

प्रकाशित मिति :  10 February, 2022 12:04 pm


काठमाडौं । नेपाली बजारमा विहीबार सुनको मूल्य बढेको । बुधबार प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज बिहिबार तोलाको ५ सयले बढेर प्रतितोला ९३ हजार ९००मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ मा कारोबार भइरहेको छ । हिजो बुधबार तेजाबी सुनको मूल्य ९२ हजार ९०० रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि साेही रुपैयाँ मा कारोबार हुने महासंघले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !