१० मंसिर २०८१, सोमबार

स्याङ्जामा तेस्रो लहरको कोराना भाइरसको संंक्रमण दर घट्दै

प्रकाशित मिति :  10 February, 2022 1:55 pm


काठमाडौं । स्याङ्जामा तेस्रो लहरको कोराना भाइरसको संंक्रमण दर घट्दै गएको छ ।

कोभिड सङ्क्रमणको तेस्रो लहर सुरु भएपछि स्याङ्जामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म ७ जना पुगेको छ । तेस्रो लहर सुरु भएदेखि अहिलेसम्म स्याङ्जामा ४,६०६ जनाको कोभिड परीक्षण गरिएकोमा १,६६८ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दैनिक १ सय देखि १ सय ५० सम्म संक्रमित देखिन थालेको स्याङेजामा पछिल्लो समय भने १५ देखि २५ जनासम्म मात्र संक्रमित देखिन थालेका छन् । तेस्रो लहर सुरु भएबाट पौष २५ गतेदेखि हालसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६० पुगेको छ ।

अघिल्लो २४ घन्टामा गरिएको परीक्षणमा स्याङ्जामा १४ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने २७ जनाको पिसिआर परीक्षण गर्दा ६ जनामा र ५४ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा सङक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख बसुन्धरा शर्मा जानकारी दिइन् ।

त्यस्तै जिल्लामा हालसम्म १८ वर्ष उमेर समूहका १००.७ प्रतिशतले र १२ वर्ष उमेर समूहका ९७.४ प्रतिशतले पूर्ण कोभिड खोप पाएको शर्माले बताइन ।

हाल जिल्लाका विभिन्न स्थानीय तहमा बुस्टर खोपको अभियान पनि निरन्तर सञ्चालन भइरहेको शर्माको भनाई छ । स्याङजामा पनि स्मार्ट लकडाउन खुकुलो बनाउदै गएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !