४ आश्विन २०८१, शुक्रबार

दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बढ्यो, शुक्रबारदेखि नयाँ मूल्य लागू हुने

प्रकाशित मिति :  10 February, 2022 3:52 pm


काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले दुधको मूल्य बढाएको छ ।

डिडिसीले प्रतिलिटर ९ रुपैँया वृद्धि गरी ८५ रुपैँया पुर्याएको हो । दूधको नयाँ मूल्य शुक्रबारदेखि लागू हुने डिडिसीले जनाएको छ । २०७८ माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुधको मूल्य बढाउने निर्णय गरेको थियो ।  बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि तोकिएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि तोकिएको डीडीसीले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयको आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पत्रबाट किसानले उत्पादन गरेको कच्चा दूधको प्रति इकाई फ्याट रु. ६.८१ र प्रति इकाई एस.एन.एफ. रु. ३.६० गरि ४ इकाई फ्याट तथा ८ इकाई एस.एन.एफ. भएको दूधको प्रति लि. किसानले प्राप्त गर्ने खुद न्यूनतम मूल्य रु. ५६.०४ कायम गरेको हो ।

कृषकहरूको दुध उत्पादन लागतमा भएको वृद्धि, दुग्ध उद्योगको ढुवानी, प्रशोधन खर्चमा भएको वृद्धि आदि कारणले गर्दा  कच्चा दूधको खरिद मूल्य र बिक्री मुल्यमा वृद्धि भएको डिडिसीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !