रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष शुक्ल नेकपा माओवादी केन्द्रमा प्रवेश
प्रकाशित मिति : 10 February, 2022 3:55 pm
काठमाडौं । रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल(बब्लु)सहितका जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सुक्लासहित नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका श्रवणकुमार यादवपनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका सबैलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
शुक्ल तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।