१२ कार्तिक २०८१, सोमबार

भ्यालेन्टाइन डेको अवसर पारेर टिभिएस स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना

प्रकाशित मिति :  10 February, 2022 6:17 pm


काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर जगदम्बा मोटर्सले “कनेक्ट टु लभ” योजना ल्याएको छ । टिभिएसका स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो योजना ल्याएको हो ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ, स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क लगायत बिकी वितरण गर्दै आइरहेको छ ।

यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजार सम्मको सियोरसट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४०% डाउन पेमेन्ट गरेर ०% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस !