१० मंसिर २०८१, सोमबार

मास्क नलगाइ गाडि चढे पाँच रूपैया बढी भाडा असुलिने, मास्क दिइने

प्रकाशित मिति :  11 February, 2022 5:54 pm


स्याङ्जा । बिना मास्क गाडि चढ्ने यात्रुले पाँच रूपैया बढी लिएर मास्क उपलब्ध गराइएकाे छ । स्याङ्जा जिल्ला कोभिड व्यवस्थापन समिति तथा सुरक्षा समितिको बैठकले जिल्लामा चल्ने सवारीका लागि यस्ताे नियम लागू गर्ने निर्णय गरेकाे हाे । 

समितिले फाल्गुन १ गतेबाट विद्यालयहरु खोल्ने लगायतका निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। 

जिल्लामा धार्मिक क्रियाकलाप तथा अन्य गतिविधिहरु पनि जनस्वस्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने गृह मन्त्रालयको निर्णय अनुरूपका निर्णयहरू गरेकाे हाे । 

विद्युत्तीय प्रणालीलाई अधिकत प्रयोग गर्ने, व्यवसायिक पेशागत र सामुदायिक संघसंस्थाले प्रशासनको आदेश पालना गर्ने  तथा कोभिड व्यवस्थापन तथा नियन्त्रणमा सेवा पु-याउन आग्रह गरिएको पाैडेलले बताए । 

सेवा प्रदायक निकायहरुमा सेवा ग्राहीहरुले अनिवार्य रुपमा खोपकार्ड देखाउनुपर्ने, बैठक गर्दा खोपको पुर्ण मात्रा लगाएकाहरुलाई सहभागि गराउने भनिएको छ । 

सपिङ महल, सुपर मार्केट, डिर्पाटमेन्टलगायतका स्थलहरुमा मास्क र सेनिटाएजरको अनिवार्य प्रयोग गर्ने, सार्वजानिक यातायातमा क्षमताभन्दा बढी यात्रु नराख्ने, सवारी साधनको ढोकामा सेनिटाईजर राख्ने पनि भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !