१२ कार्तिक २०८१, सोमबार

एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  13 February, 2022 12:21 pm


काठमाडौं । साताको पहिलो छापावाला सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार दिन सुनको मूल्य प्रतितोलामा एकै दिन १५ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावल सुनको मूल्य आइतबार प्रतिततोला ९५ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !