बैंकहरुले व्याजदर बढाउँदा सेयर बजारमा पहिरो
प्रकाशित मिति : 13 February, 2022 1:18 pm
काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा भारी गिरावट आएको छ ।
आइतबार कारोबार भएको २५ मिनेटमै ८५ अंकले घटेको सेयर बजार अहिले यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक ९६.४४ अंकले घटेको छ । नेपाल स्टक एक्सेन्जका अनुसार नेप्से परिसूचक ९६.४४ अंकले घटेर २७०५.१२ अंकमा झरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर बढाएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको लगानीकर्ता बताउँछन् ।
अहिलेसम्म २२१ कम्पनीको ६१ लाख ८२ हजार ५ सय २१ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम पनि ३ अर्ब माथिको कारोबार भएको छ ।