१२ मंसिर २०८१, बुधबार

सर्वोच्च अदालतबाट बाहिरिए प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबरा

प्रकाशित मिति :  13 February, 2022 2:56 pm


काठमाडौं । महाअभियोग लागेको पत्र बुझेलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालतबार बाहिरिएका छन् । संसद सचिवालयले महाअभियोगको जानकारी पत्र मार्फत प्रधानन्यायधीश जबरामाथिलाई पठाएको हो ।

सत्तारुढ गठबन्धनका ९८ सांसदले आज विहान संसद सचिवालयमा प्रधानन्यायधीश जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

नेपालको संविधानको दफा १०१ को उपधारा ६ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायायधीश आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ ।

प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।

जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !