दीपक कुमार कार्की कायममुकायम प्रधानन्यायधीश
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायधीश बन्ने भएका छन् । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा स्वतः निलम्बनमा परेपछि कार्की कायम मुकायम प्रधानन्यायधीश बनेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा प्रधानन्यायधीश जबरा माथि महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा ६५ वर्ष पुग्नेछन् र उमेर हदका कारण स्वतः अवकाश हुनेछन् ।
६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार जबराको कार्यकाल भने आगामी मंसिर महिनासम्म थियो ।