१२ कार्तिक २०८१, सोमबार

ग्रीन भेन्चर्सको आइपीओ आजदेखि बिक्री खुला

प्रकाशित मिति :  14 February, 2022 12:41 pm


काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले प्राथमिक सेयर आइपीओ आज देखि बिक्री खुला गरेको छ । कम्पनीले आज फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीको पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले यो आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका–१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका–९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका–१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका–२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका–७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

लगानीकर्ताहरुले यस आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !