१२ कार्तिक २०८१, सोमबार

वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

प्रकाशित मिति :  14 February, 2022 2:49 pm


काठमाठौं । वालिङ नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वालिङ ५ जगतभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजित गरिएको थियो ।

आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख दिलिपप्रताप खाँडले , विकास एक्लैको प्रयासले मात्र संभव नहुनेभएकाले सबैदलहरु एकजुट भई राजनितिक स्वार्थभन्दामाथि उठेर सकारात्मक सोच लिएर सहयोग गरे बिकासका कार्य गर्न सहज हुने बताएका थिए ।

कार्यक्रममा वालिङ नगरापालिकाले गरेका गतिविधिहरु तथा महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित नमूना विद्यालय केन्द्रीत सार्वजनिक सुनुवाईमा उठेका जिज्ञाशा तथा गुनासोहरुको नगर प्रमुख खाँण, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले सहजीकरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !