तिलगंगाको सहकार्यमा निजगढमा आँखा उपचार सेवा शुभारम्भ, अस्पतालको भवन शिलान्यास
काठमाडौं । तिलगंगा सामुदायिक आँखा अस्पतालको आँखा उपचार सेवा निजगढमा पनि शुरु भएको छ ।
प्रस्तावित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालद्धारा सञ्चालित आँखा उपचार सेवा शुभारम्भ तथा अस्पतालको भवन निर्माणका लागि शिलान्यास भएको हो।
निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुह्द घिमिरेले संयुक्त रुपमा प्रस्तावित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आँखा उपचार सेवा आज उद्घाटन साथै भवनको शिलान्यास गरेका हुन्
यसअघि नै २०७५ मा निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रमबीच निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो ।
अस्पताल दुई चरणमा सेवा संचालन गर्ने योजना रहेको जनाइएको छ । पहिलो चरण (दुई वर्ष)मा निजगढ प्राथमिक स्वास्थ्य केन्द्र रहेको क्षेत्र भित्र रहीनियमित रुपमाआँखा स्वास्थ्य सेवा र बेला बेलामा मोतिबिन्दुको शल्यक्रिया लगायत अन्य बिशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । दोश्रो चरण मा नेत्ररोग विशेषज्ञ सहितको नियमित सेवा संचालन हुने भएको छ । अस्पतालले अगामी ५ बर्ष को अवधिमा झण्डै २ लाखभन्दा बढी बिरामीको आँखाजाँच र २५हजार बिरामीको बिभिन्नप्रकारको शल्यक्रिया गर्ने ओजना अघि बढाएको छ ।
जग्गा मुल्यांकन बाहेक परियोजनाको लागत झन्डै अठ्ठाइश करोड हुने जनाइएको छ । जसमा द फ्रेड हलोज फाऊन्डेशनले ५९%, र नेपाल आँखा कार्यक्रम, तिलगंगाआँखा प्रतिष्ठानले अन्तरिक स्रोत परिचालन गरि(४१%) उपलब्ध गराउने छ ।
शिलन्यास कार्यक्रममा बोल्दै नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुह्द घिमिरेले भने, ‘भवन अत्याधुनिक निर्माण गर्नेछौ जुन अपाङ्गमैत्री, वातावरणमैत्री र लैगिंक मैत्री आँखा अस्पताल हुनेछ ।’
प्रतिष्ठानले हालसम्म नेपालको बिभिन्न स्थानहरुमा तीनओटा आँखा अस्पताल संचालन गरी रहेको छ । यसको मुख्य अस्पताल तिलगंगा आँखा प्रतिष्ठानले बिभिन्न १० प्रकारका बिषेशज्ञ सेवा प्रदान गरी रहेको छ ।
प्रत्येक पालिका स्तरमा सेवा बिस्तार गर्न पालिकाहरुको सहर्कायमा २५ स्थानमा ग्रमीण शहरी आँखा स्वास्थ्य क्लिनिकहरु संचालित छन् ।