भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने कांग्रेसको निर्णय
प्रकाशित मिति : 15 February, 2022 3:02 pm
काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गराउने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट दोहोरो चरित्र देखियो, भोलिको संसद बैठकमा एमसीसी पारित गर्नको लागि टेबल हुने बताएको बैठकमा सहभागी एक नेताले बताए ।
यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।
प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबुल गर्ने विषयमा सभामुखसँग आफूले छलफल गरिसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि एमसीसी पारित गर्न सघाउनुपर्ने बताए । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।