८ मंसिर २०८१, शनिबार

काठमाडौं उपत्यकामा छैन बन्दको प्रभाव, सडकमा ट्राफिक जाम (फोटोफिचर)

प्रकाशित मिति :  16 February, 2022 10:19 am


काठमाडौं । एमसीसीको विरोधमा विभिन्न राजनीतिक दल तथा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ ।

काठमाडौ उपत्यका भित्रका सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् भने बजार पसल पनि खुल्ला छन् । अघिल्ला दिनहरुको तुलनामा उपत्यका भित्र सार्वजनिक सवारी केही कम मात्रामा चलेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जनाएको छ ।

बन्दका कारण उपत्यकामा विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षेत्रमा यसको प्रभाव न्युन देखिएको छ।

गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस !