८ मंसिर २०८१, शनिबार

एमसीसी टेबल रोक्न प्रचण्डको अन्तिम प्रयास, देउवा भेट्न बालुवाटार

प्रकाशित मिति :  16 February, 2022 12:07 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने निर्णय गर्दै अध्यक्ष पुष्पकमल दाहाल एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् ।

अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठकले यथास्थितिमा अगाडि बढाउन नसकिने विषयमा सहमती जुटेपछि लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग वार्ताका लागि बालुवाटार पुगेका छन् ।

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसकिने र सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ ।

माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !