यथास्थितिमा एमसीसी अगाडि नबढाउने माओवादी केन्द्र निर्णय, जबरजस्ती अघि बढाए सरकार छाड्ने चेतावनी
प्रकाशित मिति : 16 February, 2022 12:21 pm
काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रिय सहमति बिना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ ।
बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने निष्कर्ष निकालेको हो । यदि सरकारले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाए विपक्षमा मतदान गर्दै सत्तारुढ गठबन्धन तोड्ने र सरकार छाड्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार गएका हुन् । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड बीच छलफल सुरु भएको छ ।
यसअघि भएको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले सांसदहरुलाई एमसिसी टेबल नगर्न अनुरोध गर्ने बताएका थिए ।