१२ मंसिर २०८१, बुधबार

आज एमसीसी टेबल नहुने, प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक

प्रकाशित मिति :  16 February, 2022 12:44 pm


काठमाडौं । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

दुई नेताबीच भएको बैठकमा भोलि (बिहीबार) सत्तागठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति समेत भएको छ।

यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता जबर्जस्ती टेबल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए।

नेपाली कांग्रेसले गठबन्धनका दलहरुलाई मनाएर एमसीसी टेबल गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री देउवा पनि बुधबार नै एमसीसी टेबल गर्नेमा अडिग थिए।

बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच यस्तो सहमती भएको हो ।



प्रतिक्रिया दिनुहोस !