१२ मंसिर २०८१, बुधबार

फागुन ६ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

प्रकाशित मिति :  16 February, 2022 1:59 pm


काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । तर, प्रमुख प्रतिपक्ष एमालेको अवरोध गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले भने बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए।



प्रतिक्रिया दिनुहोस !