१२ कार्तिक २०८१, सोमबार

सुनको भाउ ह्वातै बढ्यो

प्रकाशित मिति :  17 February, 2022 11:51 am


काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वातै बढेको छ । बुधबार प्रतितोला ९५ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मुल्य प्रतितोला १ हजारले बढेर तोलाको ९६ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १२८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !