१२ कार्तिक २०८१, सोमबार

धरान भेडेटार सडक खण्डको जंगलमा झोलामा शव भेटियो

प्रकाशित मिति :  17 February, 2022 1:45 pm


काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा एक झोलामा शव भेटिकोको छ । बुधबार टाउको र खुट्टा भेटिएको स्थान नजिकै आज झोलामा शरिर पनि भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको एसपी थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएका छन् ।

धरान उपमहानगरपालिका(४ मा पर्ने धरान(भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !