१२ कार्तिक २०८१, सोमबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान सुरु

प्रकाशित मिति :  18 February, 2022 8:51 am


काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु हुँदै छ । क्यालिब्रेसन उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ ।

आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने उड्यानले जनाएको छ ।

आजदेखि १० दिनसम्म प्राविधिक परीक्षण उडान सफल पश्चात नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । व्यवसायिक उडानको लागि सरकारले आगामी जेठ २ गते बुद्ध पूर्णिमा देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको प्राविधिक परीक्षण गर्न चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

बिहीबार बेलुका उक्त टोली भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । टोलीले विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणले सही ढंगले काम गरे नगरेको परीक्षण गर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !