१२ कार्तिक २०८१, सोमबार

शुक्रबार पनि उकालो लाग्यो सुन

प्रकाशित मिति :  18 February, 2022 11:29 am


काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य उकालो लागेको छ । बिहिबार १ हजार बढेर ९६ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि ४ सयले बढेर तोलाको ९६ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी १२९५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !