गल्याङ् नगरपालिकामा १ हजार ७ सय वटा बंगुरका पाठापाठी वितरण
प्रकाशित मिति : 18 February, 2022 3:50 pm
स्याङ्जा । स्याङ्जाको गल्याङ् नगरपालिकामा १ हजार ७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको छ ।
नगरपालिकाको ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरिएको हो । गल्याङ नगरपालिका ७ मा रहेको श्री कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरणको काम गरिएको हो ।
गल्याङ नगरपालिकाका नगरप्रमुख भूपराज अधिकारीले भने,“हामीले नगरलाई मासुमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अहिले पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ बजेट छुट्याएका थियौं र किसानको उत्साहको अधारमा थप रकम विनियोजन गरेर बंगुरको मासुमा र पाठापाठीमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छौं ।”
साथै उनले मासुको क्षेत्रमा पनि व्यवसायिक र आत्मनिर्भर किसान उत्पादन गर्ने नगरपालिकाको लक्ष्य राखेको अधिकारीको भनाई छ ।