एमसीसीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै
प्रकाशित मिति : 20 February, 2022 7:44 am
काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसदमा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । आइबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आज बस्ने प्रतिनिधि सभा बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ । एमसिसी संसदमा लैजाने र छलफल गर्ने विषयमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रले सहमत नहुँने अडान राख्दै आएको छ ।
एमसीसी पास गर्ने नगर्नेबारे यसअघि भएका बैठकहरु निष्कर्षविहीन हुँदै आएका थिए । सहमति भए फागुन १६ गतेसम्म अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न समयअवधि दिएको छ ।